काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्न लागेको भन्ने चर्चा असत्य रहेको उनको सचिवालयले जनाएको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि उनको स्थानमा पराजुलीलाई मन्त्री बनाउने तयारी भएको चर्चा चलेको थियो। तर पराजुलीको सचिवालयले उक्त दाबीको खण्डन गरेको हो।

ad

पराजुलीका स्वकीय सचिव सुदीप धितालले मन्त्री बन्ने विषयमा पार्टीभित्र वा सरकारको तहमा कुनै छलफल नभएको बताए।

उनले भने, “यो सरासर झुटो कुरा हो। कसले र किन मिडिया ट्रायल गर्‍यो थाहा छैन। उहाँ मन्त्री बन्ने विषयमा कहीँ कतै चर्चा भएको छैन।”

गौरीकुमारी यादवले राजीनामा दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा भने सरकारको औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन।