काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी गणेशकुमार पराजुलीलाई दिने तयारी भएको छ।

यादवको राजीनामापछि रिक्त रहेको मन्त्रालयको नेतृत्व पराजुलीलाई दिन लागिएको हो। उनलाई आजै मन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउने तयारी रहेको बताइएको छ।

ad

पराजुलीले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएपछि औपचारिक रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

यादवले राजीनामा दिएपछि मन्त्रालयको नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था बनेको थियो। सोहीअनुसार पराजुलीलाई जिम्मेवारी दिने निर्णय भएको जनाइएको छ।