काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीको ‘विधान मस्यौदा समिति’ विस्तार गरेका छन्। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा यसअघि नै गठन भएको उक्त समितिमा सभापति थापाले थप चार जना सदस्य र एक जना सदस्य सचिव मनोनीत गरेका हुन्।

कांग्रेसको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार समितिको सदस्यहरूमा केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापा मगर र अञ्जु झा चयन भएका छन्। त्यस्तै, प्रताप पौडेललाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

ad

पार्टीको आगामी महाधिवेशन र संस्थागत सुधारलाई प्रभावकारी बनाउन विधान परिमार्जनको तयारी स्वरूप यो समितिले आफ्नो कामलाई तीव्रता दिने बताइएको छ।