
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको कार्यतालिका पुनरावलोकन गर्ने तयारी गरेको छ। यसबारे आवश्यक निर्णय लिन पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको छ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार बैठक भदौ २३ गते मंगलबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा महाधिवेशनसँग जोडिएका प्राविधिक तयारी, क्रियाशील सदस्यताको अन्तिम विवरण व्यवस्थापन तथा विभिन्न कारणले प्रभावित भएका तल्ला तहका अधिवेशनको नयाँ मिति निर्धारणलगायत विषयमा छलफल हुने जनाइएको छ।
अधिवेशनका क्रममा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्यालाई सम्बोधन गर्दै बाँकी प्रक्रिया अघि बढाउने विषयमा निर्वाचन समितिले आवश्यक निर्णय गर्ने तयारी गरेको छ। विशेषगरी प्रभावित अधिवेशनको नयाँ कार्यतालिका तय गर्ने विषय बैठकको प्रमुख एजेन्डामध्ये एक रहनेछ।










Facebook Comments