नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढीबाट प्रभावित नुवाकोटको स्थलगत निरीक्षणका लागि शुक्रबार जिल्ला पुगेका छन्।

भोलेन्टियर टोलीसहित नुवाकोट पुगेका ओलीले विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजार क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्। उनले बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा भएको क्षतिबारे जानकारी लिएका छन्।

ad

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ। बाढीले सडक, पुल, बस्ती तथा अन्य पूर्वाधारमा समेत असर पुर्‍याएको छ।

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन ओली यसअघि धादिङ पुगेका थिए। नुवाकोट भ्रमणलाई पनि उनले बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण र प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने क्रममा अघि बढाएका हुन्।