
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ।
बैठकमा मुख्यतः रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्का विषयमा छलफल हुने एजेन्डा तय गरिएको छ। यस्तै, नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा बैठकका लागि दुई वटा एजेन्डा तय गरिएको उल्लेख छ। कांग्रेसले पछिल्ला विपद्, राहत तथा उद्धारका विषयसँगै आगामी महाधिवेशनको तयारीबारे पनि छलफल अघि बढाउन लागेको हो।
कांग्रेसले यसअघि पनि केन्द्रीय कार्यसम्पादन समिति बैठकमार्फत समसामयिक राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय गर्दै आएको छ।








Facebook Comments