काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा आएको बाढी र त्यसबाट भएको क्षतिबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

सोमबार राष्ट्रपति पौडेलसँग भेट गर्दै लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको अवस्थाबारे ब्रिफिङ गरेका हुन्।

ad

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार भेटमा विपद्बाट प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत तथा व्यवस्थापनका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी दिइएको थियो।

लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेन शाहसँग पनि भेट गरेका थिए। उक्त भेटमा उनले रसुवा विपत्तिपछि सरकारले अघि बढाइरहेको उद्धार तथा राहतका कामबारे जानकारी लिएका थिए।