
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै पेस गरेको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
उक्त निवेदन दर्ता भएसँगै भदौ ११ गते बिहीबारका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
देउवा र खड्काले पूरक रिट निवेदन शुक्रबार नै सर्वोच्चमा पेस गरेका थिए। तर केही सच्याउनुपर्ने भएकाले त्यसदिन दुबै रिट निवेदन फिर्ता लगे। सोमबार फेरि पेस भएकोमा सर्वोच्चले अध्ययनपछि दर्ता गरेको हो ।









Facebook Comments