
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट पेस गरेका छन् ।
देउवाको तर्फबाट गत शुक्रबार वारेसमार्फत रिट पुगेको थियो भने खड्काको तर्फबाट आज वारेसमार्फत पूरक निवदेन परेको हो । देउवाको वारेस असग रुल हक र खड्काको तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठ रहेका छन् । विशेष महाधिवेशनबारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले निस्सा दिएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुईवटा रिटेमा अध्ययन भईरहेको जानकारी दिएका छन् ।









Facebook Comments