
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका छन्।
देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमारले रिट दर्ता गरेका हुन्। रिटमा उनीहरुले कांग्रेस महाधिवेशनको प्रक्रिया र कार्यतालिका रोक्न माग गरेका छन्।
यसअघि संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो।









Facebook Comments