काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

आज बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

ad

कांग्रेस संसदीय दलको बैठक जारी रहेकै अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो ।