काठमाडौं । नेपाली कांग्रेसका  सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशसभा सदस्य प्रकाश देउवालाई  एक्कासी पदमुक्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका छन्। 


धनगढीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहले प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित व्यक्तिलाई सुनुवाइको अवसर नदिई गरिएको निर्णय उचित नहुने बताए । शाहले देउवालाई पदमुक्त गर्ने पछाडिको नियत के हो भन्ने कुरा सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने पनि बताए । 

ad

अमेरिकामा रहेका देउवा करिब ११ महिनादेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहेको जनाउँदै प्रदेशसभा सचिवालयले पद रिक्तसम्बन्धी टिप्पणी आदेश तयार गरेको थियो। उक्त आदेश सभामुख भण्डारीले स्वीकृत गरेपछि मंगलबार देउवालाई पदमुक्त गरिएको हो।