काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट १५ औं महाधिवेशन प्रक्रिया सुरू भएको र पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने बताएका छन्।

१५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लाहरूमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षणका लागि आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले भने– संविधान, पार्टी विधान, विशेष महाधिवेशनले गरेको र अदालतले गरेको फैसलामा पनि बाँधिएका छौं, अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ। 

ad

उनले यसपालि क्रियाशील सदस्यता अद्यावधिक गरिएको र डिजिटल भएकोले पहिलाको भन्दा सहज हुने पनि बताए। उनले कतिपय कुराहरूमा असन्तुष्टि जनाइरहेका नेताहरूसँग आफूले निरन्तर संवाद गरिराखेको समेत बताए ।