काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। आज प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले मार्गप्रशस्त गर्नको लागि आफुले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएको केही दिनपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिएका हुन्। उनले नेकपा एमाले र नेकपालाई बहुमत जुटाएर सरकार बनाउन पनि आग्रह गरेका छन्। बहुमत सदस्यको समर्थन प्राप्त हुने नदेखे पछि बानियाँले सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन् ।

ad

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। जसमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ।