काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन् ।

सभापति लामिछानेले भदौ ५ गते शुक्रबार ११ बजे केन्द्रीय कार्यालयमा बैठक बोेलाएका हुन् । बैठकमा सभापति लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनीत गर्ने प्रस्ताव राख्ने एक केन्द्रीय सदस्यले बताए । 

ad

सभापति लामिछानेले उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सहप्रवक्तासँगै केन्द्रीय सदस्य मनोनयनका लागि प्रस्ताव राख्ने तयारी गरेको छन् । त्यस्तै, सचिवालय विस्तार गर्ने तयारी पनि भईरहेको छ ।