काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक सातादेखि पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा आज सम्बोधन गर्ने भएका छन् ।  

पूर्वसभापति शेरबहादुर देउवा पक्षले सुकेधाराको एक पार्टी प्यालेसमा गरेको भेलामा देउवा पक्षका नेताहरुले आफूविरुद्ध उठाएको प्रश्नको सभापति थापाले आज अपरान्ह सम्बोधनका क्रममा जवाफ दिने बताइएको छ ।  आज अराह्न ४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने जनाइएको छ।

ad

चुनदेवी कांग्रेसका बारेमा पत्रकार साथीहरूले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्नेछु। मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ। कसले कति निन्दा गरेको छ, त्यो जीवनमा नभएको निन्दा यी तीन दिनमै आयो, सभापति थापाले भनेका छन् ।