काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजक गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै यस्तो गतिविधि सह्य नहुने बताएका छन् ।


झापा एमालेले बिर्तामोडबाट सुरु गरेको मिसन जागरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन। 

ad

यस अगाडि शनिबार  इलामको फिक्कलमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको  बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र चलिरहेको रूपान्तरणको बहसप्रति टिप्पणी गर्दै पार्टीभित्र पछिल्लो समय उठिरहेको पुनर्गठन र रूपान्तरणको आवाजलाई ‘केही हुल्याहाहरूले गरेको हुलदङ्गा’ को संज्ञा दिएका थिए ।