काठमाडौँ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षको सुकेधारास्थित एक पार्टी प्यालेसमा शुक्रबारदेखि भएको भेलाको अन्तिम दिन आज समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला अनुपस्थित भएका छन् ।

भेलाको उद्घाटन समारोहमा उपस्थित खड्का र कोइराला समापनमा भने उपस्थित नहुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भेलाले नेता शशांक कोइरालालाई नै महाधिवेशनसँग सम्बन्धित सबै क्रियाकलाप अघि बढाउन जिम्मेवारी दिएको छ ।

ad

निवर्तमान सभापति देउवा स्वास्थ्योपचारका लागि विदेशमा रहेका बेला पार्टीको नेतृत्व खड्काले सम्हालेका थिए ।