
काठमाडौं ।प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइको बहस सकिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिट निवेदक र सरकारका तर्फबाट उपस्थित कानुन व्यवसायीहरूले आ–आफ्नो बहस प्रस्तुत गरेका हुन्।
सरकारले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गैरकानुनी भएको जिकिर गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।
उनले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्नसमेत अदालतसँग माग गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। त्यसपछि सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको थियो।
सरकारको निर्णयविरुद्ध कार्कीले न्यायिक उपचार खोजेपछि प्रहरी नेतृत्व परिवर्तनको विषय सर्वोच्च अदालतमा पुगेको हो। दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै अब अदालतको आदेशप्रति चासो बढेको छ।









Facebook Comments