काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र पार्टीका नेता डा. शेखर कोइरालाबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ। मंगलबार बिहान काठमाडौंको विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यालयमा दुई शीर्ष नेताबीच छलफल भएको हो।  

पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र त्यसलाई समाधान गर्ने उपायहरूबारे छलफल केन्द्रित रहेको बताइएको छ।  

ad

आन्तरिक विवाद र समसामयिक राजनीतिमा छलफलनेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार बिहान साढे ९ बजेतिर सुरु भएको उक्त भेटवार्तामा कांग्रेसभित्र देखिएका सांगठनिक तथा आन्तरिक मतभेदहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा गम्भीर कुराकानी भएको छ।  

पार्टीभित्र विभिन्न विषयलाई लिएर असन्तुष्टि र विवाद बाहिरिइरहेको बेला सभापति थापा स्वयम् नेता कोइरालाको सम्पर्क कार्यालयमा पुगेर संवाद गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

संवादमार्फत समाधानको खोजीछलफलको मुख्य सार:पार्टीभित्र देखिएका अन्तरविरोध र मतभेदलाई आपसी संवादका माध्यमबाट छिट्टै हल गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजाने विषयमा दुई नेताबीच कुराकानी भएको छ।

कांग्रेसभित्र देखिएको हालको आन्तरिक गतिरोध अन्त्य गर्न र पार्टीलाई सुदृढ बनाउन शीर्ष तहमा निरन्तर संवाद आवश्यक रहेको निष्कर्षसहित भेटवार्ता सम्पन्न भएको छ।