
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेनको गैह्रजिम्मेवार कार्यशैलीका कारण देशमा समस्या उत्पन्न भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेनले सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिमा सदनमा आएर जवाफ दिनुपर्ने माग पनि गरे ।
विभिन्न बहानामा देशमा अराजक गतिविधि बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। जनता सुरक्षा,न्याय र सुविधाबाट बञ्चित हुनुपरेको उनको भनाइ थियो । उनले जनताको दैनिक समस्या र सेवा सुविधाको अभावका विषयमा सरकार संवेदनशील नभएको आरोप लगाए । सांसद राईले प्रधानमन्त्रीलाई नैतिक र पदीय जिम्मेवारी लिन पनि आग्रह गरे ।
उनले भने–‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, नैतिक र पदीय जिम्मेवारी लिनुहोस्, संसद्सँग संवाद गर्नुहोस् र जनताको बीचमा जानुहोस् । देशलाई अहिले भाषण र आश्वासनभन्दा सुरक्षा, न्याय, सेवा, अवसर र ठोस कार्य चाहिएको छ ।









Facebook Comments