
काठमाडौं । केही समयअघि प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा भारतको भूमि नेपालले पनि मिचेको छ भनेर दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरुले संसदमा निरन्तर विरोध जनाउँदै आएका छन्।
यसैक्रममा आज पनि बैठक सुरू हुने वित्तिकै विपक्षी दलहरू नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृतिका सांसदहरूले सिटबाट उठेर विरोध जनाए।
सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्याललले विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसका सांसद भरतबहादुर स्वारलाई बोल्नका लागि समय दिएका छन्।
सांसद स्वारले प्रधानमन्त्री शाह सदनप्रति जवाफदेही नभएको आरोप लगाउँदै प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिमा सदनमा आएर स्पष्ट जवाफ नदिएसम्म विरोध जारी रहने बताए।









Facebook Comments