काठमाडों । साउन २४ गतेदेखि शुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी छ । बैठकमा विभिन्न समसामयिक बिषयहरुका बिषयमा छलफल भईरहेको कांग्रेस नेताहरुले बताएका छन् ।

यसअघि हिजो सोमबार बसेको बैठकले खाना पकाउने ग्यासको आयात बढाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाइ जनतालाई राहत दिन सरकारसँग माग गरेको थियो।

ad

बैठकमा ग्यासको विकल्पमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई ‘इन्डक्सन’ चुलोलगायतका उपकरणमा सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट तथा दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गरिएको थियो।

बैठकले किसानलाई सहज रूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन, कालोबजारी र बिचौलियाको अन्त्य गर्नुपर्नेमा जोड दिएको छ। यस्तै, साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने ग्यारेन्टी गर्न तथा सीमावर्ती क्षेत्रका किसानले भोग्नुपरेको सास्तीको स्थायी समाधान गर्न माग गरेको थियो ।