काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले ग्यासको अभावका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै छिटोभन्दा छिटो नागरिकको भान्सा सहज बनाउन सरकारसँग माग गरेकी छन् ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अधिकारीले सर्वसाधारण नागरिकहरू छाक टार्नका लागि मध्यरातिसम्म खाली ग्यास सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य भएको स्थितिप्रति सरकारको ध्यानाकर्षण गराइन्। एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको र अर्कोतिर ग्यासका लागि नागरिकले सास्ती भोग्नुपरेको अवस्था विडम्बनापूर्ण रहेको भन्दै उनले ग्यासको लाइन हटाउन सरकारले तत्काल इन्डक्सन चुलो वितरण गर्ने योजना ल्याउनुपर्ने बताईन् । 

ad

साथै उनले विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धन वा विद्युतीय चुलोको प्रयोगलाई निरुत्साहित गरेको हुनसक्ने भएको यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिन्।