काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाह एक्लो नरहेको र प्रतिपक्षी साथमा रहेको पनि बताएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई संसदमा आएर सीमाबारे विवादित अभिव्यक्ति सच्याउन र प्रतिपक्षीहरूसँग सहकार्य गर्न आग्रह पनि गरिन् । 

ad

उनले प्रधानमन्त्रीलाई कालो चस्मा खोल्नको लागि सुझाव समेत दिईन् । उनले भनिन्– ्िरधानमन्त्रीज्यू, कालोे चस्मा खोल्नुस्, तपाई एक्लो हुनुहुन्न ।  मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्ष साथमा छ तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्यमान्यता र संविधान तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्षी मौन बस्न सक्दैन । 

प्रधानमन्त्रीले संसद्‌मा उठेका प्रश्नहरूलाई घेराबन्दीको रूपमा बुझ्न नहुने उनको भनाई थियो । उनले भनिन्– ‘संसद्ले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन, ‘यो त संसदीय लोकतन्त्रको सुन्दरता र हाम्रो संवैधानिक दायित्व हो ।