
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन् ।
सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहरुले त्यसबारे प्रधानमन्त्रीले प्रष्टीकरण दिनुपर्ने र त्यो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै विरोध गर्दै आएका छन् ।









Facebook Comments