काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकमा पार्टीका महामन्त्रीले समसामयिक राजनीतिक परिस्थिति र भावी सांगठनिक कार्यसूची प्रस्तुत गर्ने कार्यक्रम छ।

कांग्रेस नेताहरूका अनुसार पार्टीको १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा छलफल हुनेछ । यसैगरी महाधिवेशन तयारी समिति गठन सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ  । 

ad

प्रदेश सरकार र सदस्यता व्यवस्थापन तथा जनसम्पर्क समिति,  भ्रातृ संस्थाहरूको विधान सम्बन्धमा पनि छलफल बैठकमा हुने नेताहरुले बताएका छन् । यसबाहेक सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र त्यसले पार्नसक्ने राजनीतिक प्रभावबारे पनि बैठकमा छलफल हुनेछ ।