
काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले यही साउन २९ गते काठमाडौंमा गर्ने भनिएको भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने भएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले उक्त जानकारी दिएका हुन् । हाल विदेशमा रहेका देउवा यही साउन २६ गते स्वदेश फर्किने बताइएको छ ।
कोइरालाले सर्वोच्च अदालतले आधिकारिकताका विषयमा पुनरवलोकनको अनुमति प्रदान गरेको भन्दै स्वागत गरेका छन् ।
राष्ट्रसामु उपस्थित चुनौतीहरूको सामना गर्न कांग्रेसजनलाई एकतावद्ध गर्नु भेलाको मूल उद्देश्य हुने उनको भनाइ थियो ।









Facebook Comments