काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विधानअनुसार गरिएको विशेष महाधिवेशन ठिक थियो भनेर फेरि एकपटक पुष्टि गर्ने अवसर प्राप्त भएको बताएका छन् ।

राष्ट्रिय सभागृहमा आज भएको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै सभापति थापाले विशेष महाधिवेशन महाधिवेशन हलबाट, निर्वाचन आयोगबाट र सर्वोच्चबाट पनि को वैधानिक भइसकेकोमा फेरि एक पटक यसको पुष्टि गर्नेबारे अदालत बोलेको सन्दर्भमा विशेष महाधिवेशन ठिक थियो भनेर पुष्टि गर्ने अवसर प्राप्त भएको बताएका हुन् । उनले भने– ‘हामी अदालतको प्रक्रिया स्वीकार गर्दै सानका साथ हामीले विधानअनुसार गरेको वैधानिक कामको प्रतिरक्षा गर्छौं।

ad

उनले विशेष महाधिवेशनमा सहभागी नरहेकाहरूलाई पनि नियमित १५ औं महाधिवेशनमा समेटेर लगिने बताए । उनले प्रधानमन्त्रीदेखि सत्तारुढ दलका सांसदहरुले देशमा अराजक व्यवहार देखाईरहेको पनि बताए । उनले शासकीय अराजकता रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।