काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले आज पनि उठेर विरोध गरेका छन् ।

सिंहदरबारस्थित संसद् भवनमा सभामुख शुक्रबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलका सांसदहरुले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

ad

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहरुले उठेर विरोध गर्दै आइरहेका छन् ।

त्यसपछि सभामुख अर्यालले नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवलाई बोल्न समय दिए । यादवले सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री शाहले जवाफ दिनैपर्ने अडान राखेका थिए ।