काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना सम्बन्धी मुद्दामा नियमित कानुनी प्रक्रियाअन्तर्गत बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

लामिछानेविरुद्ध दायर मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकाले अदालतले तोकेको नियमित तारिख बुझ्न उनी अदालत पुगेका हुन्।

ad

अभियोगपत्रमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट बाहिरिएको रकममध्ये गोर्खा मिडिया नेटवर्क तथा विभिन्न व्यक्तिका नाममा खोलिएका खातामार्फत २ करोड १३ लाख ९६ हजार रुपैयाँ स्थानान्तरण गरिएको दाबी गरिएको छ।

उक्त प्रकरणमा अदालतबाट हालसम्म अन्तिम फैसला भएको छैन। त्यसैले लामिछानेमाथि लगाइएका आरोपहरूको कानुनी परीक्षण अदालतमा जारी रहेको छ।