काठमाडौं । बाग्मती, गण्डकी लगायत प्रदेशमा सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सरकारमा सामेल हुने वा नहुनेमा टुङ्गोमा पुग्न सकेको छैन ।

आज बसेको  केन्द्रीय कार्यसम्पादन समितिको उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

ad

बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नभएको र लालायित पनि नरहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुँन् भन्ने हाम्रो धारणा रहेको छ। प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ। पार्टीको निर्देशन बिना सत्ताकेन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरूलाई बैठक निर्देश गर्दछ ।