
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग समसामयिक राजनीतिक अवस्था र प्रदेशको विकासका विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफलमा सांसदहरूले सुदूरपश्चिमको विकास निर्माण, जनचासोका मुद्दा तथा वर्तमान राजनीतिक परिस्थितिबारे आफ्ना धारणा र सुझाव प्रस्तुत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र सिंह महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी थिए।









Facebook Comments