
मकवानपुर। बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई नियुक्त गरेका छन् ।
प्रदेशकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेललाई राजीनामा गराएर मुख्यमन्त्री बानियाँले बज्राचार्यलाई नियुक्त गरेका हुन्।
मुख्यमन्त्री बानियाँले नेपालको संविधानको १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्को पुनर्गठन तथा कार्यविभाजन गर्दै हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्।
नवनियुक्त मन्त्री बज्राचार्यको शपथ अपराह्न ४ बजे हुनेछ । उनलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ ग्रहण गराउने कार्यक्रम छ ।









Facebook Comments