
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेश र थरुहट क्षेत्रका आन्दोलनहरूमा राज्य संयन्त्र नागरिकप्रति असहिष्णु बन्ने गरेको आरोप लगाए।
उनले २०६३ सालदेखि आफू संसद्मा निरन्तर रहेको उल्लेख गर्दै मधेशमा हुने सानातिना प्रदर्शनमा समेत लाठी र अश्रुग्याँसको सट्टा सोझै गोली चलाउने प्रवृत्ति रहेको बताए ।
‘२०६३ सालदेखि म सांसद छु, मेरो प्रश्न राज्यसँग छ, मधेशमा केही समुदायको आन्दोलन होस् वा थरुहट आन्दोलन, त्यहाँ गोली मात्र किन चल्छ ? त्यहाँ लाठी र टियर ग्यास किन चल्दैन ?’ सांसद सिंहले भने–मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र केही भयो भने गोली ठोक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । किनभने मधेशले धेरै सहन सक्दैन।’
मधेशमा हुने विरोध प्रदर्शनहरूलाई राजनीतिक र संवादको माध्यमबाट हल गर्नुको सट्टा हतियारको बलमा दबाउन खोज्दा राज्य र नागरिकबीचको दूरी अझ बढ्दै गएको उनको भनाइ थियो।









Facebook Comments