काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले कोशीको सुनसरी र मधेसका केही जिल्लामा हालै भएका दुई पक्षबीचको तनावको स्थितितर्फ लक्षित गर्दै प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न सुझाव दिएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक राईले यस्तो संयन्त्रमा धार्मिक समुदाय, स्थानीय सरकार, सुरक्षा निकायको पनि प्रतिनिधित्व हुनुपर्ने बताए।

ad

उनले कुनै धर्म वा समुदायलाई सामूहिक शंकाका रूपमा हेर्न नहुने र सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूमाथि कारबाही गरिनुपर्ने पनि बताए। उनले सरकारलाई खुला, पारदर्शी र सहयोगी बन्न समेत आग्रह गरे।