काठमाडौं । प्रतिनिधि सभाको आज बैठक सुरू हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आ–आफ्नो सिटबाट उठेर विरोधलाई निरन्तरता दिएका हुन्।

ad

प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ती जनाउँदै विपक्षी दलहरूले संसदमा विरोध जनाउँदै आएका छन्। प्रधानमन्त्री शाहले यसअघि प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए। 

उक्त अभिव्यक्ति प्रधानमन्त्रीले फिर्ता लिनुपर्ने र संसद‍्को रेकर्डबाट हटाउनुपर्ने माग विपक्षी दलहरुले गर्दै आएका छन् ।