काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो साढे ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ।  

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा उठाउनुपर्ने प्रमुख एजेन्डाहरू र पार्टीको आन्तरिक रणनीतिबारे छलफल हुने कांग्रेस संसदीय दलले जनाएको छ।

ad

आगामी संसद् बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न, जनजीविकाका सवालहरूलाई सदनमा सशक्त रूपमा उठाउन र सरकारका काम–कारबाहीमाथि प्रभावकारी निगरानी बढाउने विषयमा बैठकमा विचार–विमर्श हुनुका साथै सदनमा विचाराधीन रहेका विभिन्न विधेयकहरूबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ।