
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। आगामी साउन २४ गते आइतबार उक्त बैठक बस्ने तय भएको हो।
पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बैठक साउन २४ गते दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित मिति र समयमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन्।









Facebook Comments