काठमाडौँ । सत्तारुढ दल रास्वपाका सभापति लामिछानेले विषम परिस्थितिमा राजनीतिक आग्रह–पूर्वाग्रहलाई थाती राखेर राष्ट्र हितका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

आज सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले बैठकमा प्रमुख दलका शीर्ष नेताहरूबाट  मार्गदर्शन पाउन तथा देशमा असहज परिस्थिति उत्पन्न भएका बेला राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिनुपर्ने र आवश्यकअनुसार सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गरिएको बताए ।

ad

उनले राजनीतिक रूपमा लड्ने मैदान आ–आफ्ना भए पनि यस्तो विषयमा आरोप–प्रत्यारोप नगरी साझा राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले सरकार पनि आफ्ना तर्फबाट क्रियाशील रहेको बताउँदै बैठकमा सरकारको प्रतिनिधित्व अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गरेकाले सरकारले केही गरेन वा चासो दिएन भन्नु असान्दर्भिक भएको बताए । उनले  प्रधानमन्त्री र सरकारले आफ्नो तोकिएको जिम्मेवारीअनुसार नै काम गरिरहेको उल्लेख गर्दै अहिल्यै सरकारबारे कुनै नकारात्मक वा अन्तिम निष्कर्षमा पुग्नु उपयुक्त नहुने पनि प्रष्ट पारे । प्रधानमन्त्रीले आफ्नो दायित्व कुशलतापूर्वक पूरा गर्नुहुनेछ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए । 
      
“हाम्रो पहिलो दायित्व देशमा शान्ति सुरक्षा कायम गर्ने हो । सरकारले आफ्नो काम गरिरहेको छ । आजको आवश्यकता शान्ति र अमनचयन कायम गर्नु हो । सामाजिक सद्भाव भड्किन नदिन हामी गम्भीर हुनुपर्छ”, सभापति लामिछानेले भने, “नागरिकको ज्यान ज्यानु गम्भीर विषय हो । घटनाको सत्यतथ्य छानबिनपछि  सार्वजनिक हुनेछ ।