
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई भाउ खाने र ठालु भएर बस्ने प्रवृत्ति त्यागी अभिभावकीय भूमिका खेल्न सुझाव दिएका छन् ।
सुनसरी घटनालगायत विषयमा छलफल गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति थापाले मुलुकमा असहज परिस्थिति उत्पन्न भएका बेला प्रधानमन्त्री शाहले नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा आफूले बैठकमा जोड दिएको बताए ।
प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक डाक्ने, राष्ट्रपतिसँग परामर्श गर्ने तथा प्रदेश र स्थानीय सरकारहरूसँग निरन्तर संवाद गरी सरकारका प्रयासहरूबारे जानकारी गराउनुपर्ने सभापति थापाको भनाई थियो ।
“धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौंदेखिको सम्पत्ति हो, यसलाई बचाउनुपर्छ । शान्ति, सद्भाव कायम गर्न एकताबद्ध भई आमनागरिकमा आह्वान गरौँ भन्ने प्रस्ताव गरेका छौँ”, सभापति थापाले भने, “अवाञ्छित गतिविधि हुन नदिन सावधानी अपनाउन आग्रह गरेका छौँ ।









Facebook Comments