काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। लामो समयदेखि सक्रिय राजनीतिमा रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा जावलाखेलस्थित हेलिअस हस्पिटलमा मंगलबार निधन भएको हो।

नेता श्रेष्ठको निधनको पुष्टि गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले गरेका छन्। उनका अनुसार दिवंगत नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपश्चात् सम्मानसहितको शवयात्रा निकालेर पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ।

ad

हालै मात्र कांग्रेस सभापति गगन थापाले गत साउन ७ गते नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता पदमा मनोनीत गरिएको घोषणा गरेका थिए। कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदानलाई पार्टीभित्र उच्च सम्मानका साथ हेरिने गरिएको छ।