
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज एक समारोहका बीच नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान कार्यक्रमको सुरुवात गरेका छन् । आजै कांग्रेसले जरा अभियानको समापन गरेको छ ।
राष्ट्रिय सभागृहमा बीपी कोइरालाको ४४ औँ स्मृति दिवसको अवसरमा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सभापति थापाले बीपीको तस्बिरमा माल्यार्पण र बिरुवामा जल सेचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा विभिन्न वक्ताहरुले बोल्ने क्रम जारी छ । यस अगाडि हिजो कांग्रेसले जलवायु सचेतना जगाउने उद्देश्यसहित ललितपुरको युएन पार्कदेखि जावलाखेलसम्म दौड प्रतियोगिता आयोजना गरेको थियो









Facebook Comments