काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग सहकार्य गरी आउँदो स्थानीय र प्रदेश निर्वाचनमा जाने नीतिगत निर्णय भइसकेको बताएका छन्।

गोरखाको बाह्रकिलोमा आज आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले एमालेसहित अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि सदन र सडकमा सहकार्य गर्ने सहमति भईसकेको बताए ।  

ad

संयोजक प्रचण्डले भने, ‘हाम्रो कोसिस छ( सहकार्य मात्र होइन, पार्टी नै एउटै बनाएर कम्युनिस्ट आन्दोलन रक्षाका लागि, स्वाधिनता रक्षाका लागि र समाजवादको दिशामा अघि बढ्नका लागि कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्छ।’

उनले कम्युनिस्ट साना ठूला दलहरू तथा समूहसँग छलफल सकारात्मक भइरहेको पनि बताए।