
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आज उनलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अब मुख्यमन्त्रीमा नियुक्त भएका यादवले ३० दिनभित्र बहुमत साबित गर्न विश्वासको मत लिनुपर्नेछ । जसपा नेपालका नेता यादव दोस्रो कार्यकालमा मधेश प्रदेशको पहिलो मुख्यमन्त्री भइसकेका छन् । उनी पहिलो कार्यकालमा मधेश प्रदेशका सभामुख थिए ।









Facebook Comments