काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै सुरु नहुने भन्दै परिस्थिति अनुकूल हुँदा तत्कालै आन्दोलन उठ्न सक्ने बताएका छन् ।

उनले आन्दोलनका लागि मानसिक रूपमा तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । 

ad

अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असह्य भएपछि तत्काल आन्दोलनमा जानुपर्ने अवस्था आउने समेत बताए । 

ओलीले भने, १७ महिनामै ठूलो विद्रोहबाट सत्ता परिवर्तन भएको इतिहास पनि छ । उहिले १९१७ मा रूसमा २ दिनको विद्रोहबाट तख्ता पलट भएको थियो, कहीँ विद्रोहबाट, निर्वाचनबाट र कहीँ उपद्रवबाट हुँदोरहेछ, हामीले देखेका छौं । 

अध्यक्ष ओलीले मुलुकमा कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती खडा भइरहेको पनि बताए ।  राज्यका निकाय र कानुनको अवज्ञा गर्ने प्रवृत्तिले मुलुकलाई पछाडि धकेलिरहेको उनको भनाई थियो ।