
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा छठ मनाउन आज सर्लाही गएका छन्। सभापति थापा पत्नी अञ्जना केसीका साथ सिमरा विमानस्थल हुँदै सर्लाहीतर्फ गएको उनको सचिवालयले जनाएको छ।
सर्लाहीको छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेपछि उनी आइतबार राति वीरगन्ज पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।
सोमबार बिहान पत्नीका साथ वीरगन्ज–१० स्थित घडिअर्वा छठघाट पुगेर पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि उनले वीरगन्जका अन्य छठघाटको समेत भ्रमण गरी व्रतालु तथा श्रद्धालुसँग भेटघाट र शुभकामना आदानप्रदान गर्नेछन्।
थापा गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ४ मा उम्मेदवार भई पराजित भएका थिए।









Facebook Comments