
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट थप गरेको वरिष्ठ उपसभापति पदको काम, कर्तव्य र अधिकार विधान संशोधन गरेर तोकेको छ ।
कांग्रेसले वरिष्ठ उपसभापतिका लागि ४ वटा जिम्मेवारी तोकेको हो । निर्वाचन आयोगमा बुझाइएको विधानमा नयाँ धारा २६ (क) थप गरी वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकार व्यवस्था गरिएको छ ।
कांग्रेसको हालै सम्पन्न १५औं महाधिवेशनमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका थिए ।
थप गरिएको धारा २६ (क) अनुसार वरिष्ठ उपसभापतिका ४ प्रमुख जिम्मेवारी यस्ता छन् :
१. केन्द्रीय सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिको रूपमा कार्य गर्ने ।
२. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा कार्य गर्ने ।
३. केन्द्रीय कार्यालयको संयोजन गर्ने ।
४. विधानमा तोकिएबमोजिम अन्य काम, कर्तव्य र अधिकार प्रयोग गर्ने ।









Facebook Comments