काठमाडौं । पार्टीको आत्मसमीक्षा, वैचारिक स्पष्टता र सशक्त प्रतिपक्षी भूमिकाको खाकासहित आज मङ्सिर १ गतेदेखि नेपाली कांग्रेसले  ‘हामी तयार छौँ’ अभियान सुरु गरेको छ ।  

पार्टीका विगतका कमीकमजोरी सच्याएर सकारात्मक प्रतिपक्षका रूपमा उभिन यो अभियान सञ्चालन गर्न लागिएको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

ad

विगतका कमी कमजोरीलाई ढाकछोप गर्नुको सट्टा खुला रूपमा स्वीकार गर्ने, निर्मम आत्मसमीक्षा गर्ने र वैचारिक तथा सांगठनिक रूपमा पार्टीलाई नयाँ ऊर्जा दिने स्पष्ट खाकासहित यो अभियान अघि सारिएको कांग्रेसका नेताहरुको भनाई छ ।

यो अभियान औपचारिकतामा मात्र सीमित नराखी पार्टीको विचार, दस्तावेज र प्रतिपक्षी रणनीतिलाई समेत समयानुकूल परिष्कृत गर्ने कांग्रेसको तयारी रहेको छ ।