
काठमाडौं । शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसर पारेर नेपाली कांग्रेस काठमाडौं महानगर समितिले राजधानीमा सुकुन्दा र्याली आयोजना गरेको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सहभागितामा शनिबार साँझ काठमाडौंको लगन टोलबाट र्याली सुरु भएको हो।
र्याली लगनबाट सुरु भई ब्रह्म टोल, बन्दे, ह्युमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन हुने कार्यक्रम रहेको छ।
र्यालीमा विभिन्न सांस्कृतिक झाँकीसहित सुकुन्दा प्रदर्शन गरिएको थियो। परम्परागत सांस्कृतिक पहिचान झल्काउने विभिन्न प्रस्तुतिसहित सहभागीहरूले नेपाल संवत् र दीपावलीको उल्लास मनाएका थिए।
नेवार समुदायको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको आयोजकले जनाएको छ।
नेपाल संवत्को नयाँ वर्षको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले काठमाडौंको सांस्कृतिक वैभव र मौलिक परम्परालाई उजागर गरेको छ।









Facebook Comments